काठमाडौं महानगरभित्रका नीजि विद्यालयहरूलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन जेठ २८ गतेसम्मको अल्टिमेटम

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका नीजि विद्यालयहरूलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन जेठ २८ गतेसम्मको अल्टिमेटम दिएको छ ।

छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको संचालन अनुमति खारेज गर्ने चेतानवनी महानगरपालिकाले दिएको छ । महानगरपालिकाले महानगरभित्रसंचालनमा रहेका नीजि विद्यालयहरुलाई छात्रवृद्धिको विवरण पठाउन यहि जेठ ९ गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा जेठ १५ गतेसम्म छात्रवृत्तिको विवरण पठाउनुपर्ने उल्लेख थियो ।

महानगरपालिकाले पुनः समय थप गरी जेठ २८ गतेसम्म विद्यालयहरुले छात्रवृत्तिको विवरण बुझाउनुपर्नेसमय सीमा तोकेको छ । अन्यथा कडा कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले एकपटक परिपत्र र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा समेत छात्रवृत्तिको विवरण उपलब्ध नगराएपछि कारवाही गर्ने चेतावनी दिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा महानगर गम्भीर रहेको महानगरको भनाई छ । काठमाडौँ उपत्यकाभित्र कुल ५ सय ४ वटा नीजि विद्यालयहरु रहेका छन् । जसमा १६२ वटा विद्यालयहरुले छात्रवृत्तिको विवरण बुझाइसकेका छन् भने ३४२ वटा विद्यालयहरुले बुझाएका छैनन् ।

महानगरपालिकाले २८ गतेभित्र विवरण उपलब्ध नगराउने विद्यालयहरूमाथि काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरिने चेतावनी दिएको हो ।

https://ujyaalonepalnews.com/archives/27998

Previous articleगण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम
Next articleप्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व सङ्कलनमा व्यापक ह्रास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।