राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

दैलेख- लोपोन्मुख राउटे समुदायका ज्येष्ठ मानिएका कर्णबहादुर शाहीको निधन भएको छ । ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको हो ।

फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायहरुले अहिले दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा बसोवास गर्दै आएको छन् । दारेघाटमै उहाँको मृत्यु भएको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिएका छन् । राउटेको आफ्नै संस्कार अनुसार शाहीको शवलाई चिहानमा गाडिएको छ ।

जेष्ठ सदस्यको मृत्युपछि राउटे समुदायमा बालबालिका, युवा र बृद्ध गरेर एक सय ४१ जना मात्र रहेका छन् । दैलेख सुर्खेत सल्यान लगायतका जिल्लाहरुमा धेरैजसो बसोवास गर्ने यो समुदायलाई २०६३ सालदेखि सहजताका लागि सबैलाई सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरिएको थियो ।

दैलेखको गुराँस गाउँपालिकाले उनीहरुको बस्ती सरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । पछिल्ला दिनहरुमा अत्याधिक मदिरा सेवनका कारण राउटे समुदायहरु एकपछि अर्को गर्दै समस्यामा पर्दै आएका छन् । उनिहरुलाई पुरानै रहनसहनमा छोड्नुपर्ने आवाज उठ्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/28015

Previous articleठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ
Next articleपाल्पामा पर्यटक चढेको सवारी दुर्घटना, तीनजना घाइते, एक जनाको अवस्था गम्भीर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।