कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर

कालिकोट- कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । ​कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर तल खोलामा खसेको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ ।

https://ujyaalonepalnews.com/archives/28033

Previous articleस्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
Next articleराष्ट्रियसभा बैठक : बजेटमाथि छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।