Category: रोजगार

  • सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर

    १९ पुस, काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।

    सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

    यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।

    दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा लेखिएअनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ । तर सम्पर्क राख्ने स्थान भने पदअनुसार फरक फरक छ ।

    सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा र सहायक निरीक्षकमा आवेदन दिएकाले दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा, जवानहरुले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्नुपर्ने छ । अरु पदकालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् भर्नाको सूचना–

     

  • जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

    काठमाडौं । मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो । मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ ।

    गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए । ‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरुलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने ।

    मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन् ।

    मलेसियामा अहिले कम्पनीहरुले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् ।
    ०७५ सालयता नेपालबाट शुन्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।

  • टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

    पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    फारम भर्न यँहा क्लिक गर्नुहोला। 

  • कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

    काठमाडौँ । दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषाा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाबिच भएको समझदारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गरिएको हो।

    कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो।

    आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।

    भाषा परीक्षा एक दिनमा ४ सिफ्टमा सञ्चालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने ईपीएस शाखाले जनाएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

    भाषा परीक्षाको नतिजा सार्वजनिक गरेपछि सीप परीक्षणको तालिका सार्वजनिक गरिनेछ। भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तिर्णाङ्क प्राप्त गर्नेहरु मध्ये उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई मात्र सीप परीक्षणमा समावेश गरिने सुचनामा उल्लेख गरिएको छ।

    पहिलो चरणमा भाषा परीक्षा र दोश्रो चरणको स्किल टेष्टमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट समेत सफल भएपछि मात्र रोजगार आवेदन फाराम (Job Application Form) भर्न सकिनेछ ।परीक्षा आवेदन फाराम यँहा क्लिक गरेर अनलाईनबाट मात्र भर्नु पर्नेछ ।