Home Blog Page 81

प्रचण्ड, नेपाल र ओली क्रमशः १३–१३ महिना प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिनुसार नेपाल पनि प्रधानमन्त्री हुने भएका हुन् ।

शीर्षनेताबीच ‘अलिखित’ सहमति

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा सातबुँदे सहमतिपत्र सार्वजनिक हुनुभन्दा अघि छलफल भएको थियो ।

सो छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने अलिखित सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ ।

‘यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा भएको सहमतिनुसार नै अब एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो,’ ती नेताले भने, ‘अबको ४ वर्षमा आमनिर्वाचन हुन्छ, यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।’ यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ ।

तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए । प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ ।

नेपालले कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमति उल्लेख गर्दै अबको दिनमा नयाँ गठबन्धनले कसरी अगाडि बढ्ने र पावर सेयरिङ हुने’boutमा जिज्ञासा राखेका थिए । सत्ता र शक्तिको बाँडफाँटमा नेपालको जिज्ञासानुसार प्रचण्ड र ओली पनि त्यस्तै सहमति गर्न सहमत भएका बताइएको छ । नेपाल नयाँ गठबन्धनमा नआउँदा गठबन्धन भत्किनसक्ने भएकाले पावर सेयरिङका विषयमा तीन नेताका बीचमा सहमति जुटेको हो ।

आरती साहका परिवार र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाण्डौ – जनकपुरकी २२ वर्षीया आरती साहको ज्यान गएको घटनामा थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्नेलगायतका विषयमा सरकार र साहका परिवारबीच सहमति भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा हिजो सरकारी पक्ष र आरती साहका पक्षबीच पाँच बुँदे सहमति भएको हो ।

अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेस गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको छ ।

सहमतिमा अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र काम शुरु गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ ।

यसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएका कमी कमजोरीहरुबारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ ।

नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने सहमतिमा उल्लेख छ ।

त्यसबाट प्राप्त प्रमाणका आधारमा कानुन अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ । साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।

सहमतिसँगै आरती साहका परिवारले न्यायका लागि गर्दै आएको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी र उपसचिव एकदेव अधिकारी तथा आन्दोलनकारीका तर्फबाट आरती साहकी आमा निर्मलादेवी साह, दाइ प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।

आरती साहको गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले आरतीको आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन् । उनीहरुले असार १ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।

नेकपा’ ब्युँताउने गृहकार्यमा शीर्ष नेता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । चर्चा भएजस्तै तत्कालै सम्भव नभए पनि केही समयपछि हुनसक्ने नेताहरू बताउँछन् । नेपाली कांग्रेससहितको पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेपछि सो चर्चा भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन पछिल्लो समय बनेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गठबन्धन बदलेसँग आफू बृहत्तर वामपन्थी एकताको पहल गर्नेतर्फ लाग्ने बताएका थिए ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा पार्टी एकीकरण गरी नेकपा ब्युँताउन लागिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्ति मात्रै नभई यी तीनवटै पार्टीका नेताले वाम एकताको पक्षमा धारणा राख्दै आएका छन् । नेकपा ब्युँताउनेगरी अगाडि बढ्नुपर्नेमा फरक मत कसैको छैन । तर, अहिले नै त्यसका लागि वातावरण बनिनसकेको उनीहरूको बुझाइ छ ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिले नै एकीकरण हुनेगरी कुनै छलफल नभएको बताए । यद्यपि, अहिले भइरहेका छलफलले एकीकरणका लागि वातावरण बन्दै गएपछि पछि एकता पनि हुनसक्ने उनले बताए । ‘अहिले सरकार सञ्चालनको विषयमा छलफल, भेटघाट हुने गरेको छ, पार्टी एकीकरणकै विषय भने प्रवेश भएको छैन, तर नेताहरूका बीचमा भेटघाट, छलफल हुँदै अगाडि बढ्ने, वातावरण बन्दै गएपछि बिस्तारै एकीकरण पनि हुनसक्छ,’ ज्ञवालीले भने ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा पछिल्लो समय भेटघाट एवं छलफल बाक्लिँदै गएको छ । ती छलफललाई कतिपयले ‘नेकपा’ ब्युँताउने चर्चा गरेका छन् । तर, नेकपा ब्युँताउनेगरी छलफल अगाडि नबढेको ज्ञवालीले बताए ।

स्वास्थ्य बिमा : बिमितले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं- स्वास्थ्य बिमा गराउनेहरुले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था गरेको हो । सरकारी अस्पतालमा उपचार गराउँदा भने १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।

गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्डले पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो ।

सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बोर्डले जनाएको छ ।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ ।. creator account atlas

बागमती सरकार नेतृत्वमा नेकपा एमालेको आकांक्षा

मकवानपुर । केन्द्रिय सत्ताको गठबन्धनसंगै नयाँ समीकरणको लयमा रहेको बागमती सरकारको नेतृत्वमा नेकपा एमालेले आकांक्षा देखाएको छ ।

गत १० पुस २०७९ मा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन बनेपछी बागमतीमा एमालेकै समर्थनमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । त्यो बेला एमाले माओवादी आधा आधा समय सरकारको नेतृत्वमा हुने समझदारी अनुसार अब बन्ने सरकार एमालेले नेतृत्व गर्न पाउने आकांक्षा एमालेले गरेको हो । यद्यपि केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशको ’boutमा भगबण्डा मिलाइने छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस चलिरहेको बेला एमालेको आकांक्षि देखिएको हो। सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्व’bout नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल सुरु भएको छैन । दुबै दल सत्ता गठबन्धनको केन्द्रीय निर्णय कुरेर बसेका छन् ।

बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रबाटै मुख्यमन्त्रीको भागबण्डा हुने बताउँछन् । ‘केन्द्रबाटै कुनै निर्णय आउनुपर्छ । मुख्यमन्त्रीकै भागबण्डा भइसकेको छैन । उताबाट टुंगिएपछि प्रदेशमा गृहकार्य गर्छौं’, उनले भने, ‘प्रधानमन्त्रीको विश्वासको मतपछि सरकार गठनमा तीव्रता दिन्छौं ।’

एमाले नेताहरु भने त्यतिबेला जम्कट्टेल २ वर्ष मुख्यमन्त्री रहने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको बताउँछन् । अहिले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्रीकै विषयमा छलफल हुनुपर्ने उनीहरुको भनाइ छ । नेकपा माओवादी केन्द्रले भने केन्द्रमा प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल हुँदा बागमती माओवादी केन्द्रकै भागमा पर्ने बताएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकाल भन्छन्, ‘मुख्यमन्त्री छोड्ने कुरा हुँदैन । गठबन्धनमा पनि मुख्यमन्त्री माओवादीले पाउने गरी सकारात्मक कुरा भएको छ ।’

मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले पनि दाबी गरेको छ । अन्य प्रदेशमा एकीकृत समाजवादीको सरकार नरहेकाले बागमतीको मुख्यमन्त्रीमा दाबी रहने उक्त पार्टीका नेताहरु बताउँछन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।

सत्ता समीकरण फेरिएपछि बागमतीमा सरकारबाट बाहिरिएको छ भने मुख्यमन्त्रीलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । ११० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टा २ प्रदेशसभा सदस्य छन् ।

सत्ता गठबन्धनमा रहेका दल एमाले, माओवादी र एकीकृत समाजवादीले मात्र बागमतीमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सक्दैनन् । उनीहरुको सांसद संख्या जोड्दा ५५ मात्र पुग्छ । त्यसपछि सरकार बनाउन कम्तीमा २ सिट भएको हाम्रो नेपाली पार्टीको समर्थन आवश्यक पर्छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो । नयाँ परिस्थितिमा भने उसको निर्णय आएको छैन ।

यता संसदमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीको सरकारमा सहभागीता ’bout संभावना पनि बलियो रहेको बुझिएको छ ।

सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा आगजानी

सर्लाही, । सर्लाहीमा साईकल यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्।घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।

बसको ठक्करबाट ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

काठमाडौं । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।

यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् ।”

बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।

टाँडीबजारको साहारा सुपर मार्केटमा आगलागी; ८० लाख बराबरको क्षति

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १ साैराहाचाेक स्थित साहारा सुपर मार्केटमा आइतबारराती आगलागी भएकाे छ ।

आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

सुपर मार्केट भित्र रहेकाे सुहाना फेसन कलेक्सन पूर्ण रुपमा पुर्न रुपमा जलेर नस्ट भयको छ । उक्त पसलमा विक्रीका लागि राखिएकाे नयाँ कपड, एसी, फर्निचर तथा अन्य सामाग्री जलेर नष्ट हुँदा ७५ लाख बराबरकाे क्षति भएकाे छ ।

सुहानाबाट सुरु भएकाे आगाेले नजिकैका अन्य दुईवटा पसलमा समेत क्षति पुगेकाे छ । मार्केटमै रहेकाे कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेट नामक कपडा पसलमा समेत क्षति भएकाे जनाइएकाे छ ।

विजुल सर्ट भएर आगाेलागी भएकाे हाे । राती ११ बजेबाट सुरु भएकाे आगलागी राती साढे १२ बजे दमकलकाे सहायताले नियन्त्रणमा लिइएकाे थियाे ।

उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले स्थलगत अबलाेकन गरि घटनाकाे बारेमा जानकारी लिदै पीडित व्यवसायीहरुलाई सान्तवना दिएका छन् ।

रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा ओपीडीको टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु भएको छ ।

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर वडा नं ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थापामगर लाइनमा बसेको केही बेरमै एक्कासी ढलेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सो अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।

एक्कासी ढलेका उनको अस्पतालको आकस्मिक कक्षमा पु¥याउदा मृत्यु भइसकेको थियो ।

जुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय

काठमाडौं । मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो । मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ ।

गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको संख्यालाई नियन्त्रण गर्न चाहेको बताए । ‘कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको छ, त्यसअनुसार स्वीकृत कोटामा कम्पनीहरुलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको छ,’ उनले भने ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन् ।

मलेसियामा अहिले कम्पनीहरुले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् ।
०७५ सालयता नेपालबाट शुन्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।