रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा ओपीडीको टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु भएको छ ।

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर वडा नं ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थापामगर लाइनमा बसेको केही बेरमै एक्कासी ढलेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सो अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।

एक्कासी ढलेका उनको अस्पतालको आकस्मिक कक्षमा पु¥याउदा मृत्यु भइसकेको थियो ।

Previous articleजुलाईदेखि आप्रवासी श्रमिक नलिने मलेसियाको निर्णय
Next articleटाँडीबजारको साहारा सुपर मार्केटमा आगलागी; ८० लाख बराबरको क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।