Home Uncategorized कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन

कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन

इटहरी / कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको आज एक भव्य कार्यक्रम बिच उद्घाटन गरिएको छ । प्रदेश नं १ को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिद्यार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सन्चालन गरीएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साहित्यकार एवं प्राध्यापक मनु मन्जिलले कान्तिपुर फिल्म एकेडेमिले पूर्वको शान बढाएको बताउनु भयो, भने प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भिम बहादुर दाहालले सफलताको शुभकामना दिनु भयो , स्थानिय सरकारकाे तर्फ बाट वडा अध्यक्ष दिपक गौतमले एकेडेमीले दक्ष कलाकर्मि जन्माउनेमा आशा व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भयो । साथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमि इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गर्नु भएको थियो । पहिलो चरणमा कातिपुर फिल्म एकेडेमि इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सन्चालन गर्दैछ ।

The post कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन appeared first on Purbeli News.

साम्यवादमा नपुगेसम्म पार्टीभित्र बहस र विवाद भइरहन्छ : अध्यक्ष प्रचण्ड

Previous articleझुप्री भण्डारीको ‘सम्झी रुना रुना’ (भिडियो)
Next articleएमसिसी सम्झौता नेपालको लागि खतरा- विजुक्छे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।