कपिलबस्तु। १० फागुन । संविधान संसोधन गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
सरकारले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै उनले यसको जवाफ आन्दोलनबाटै दिने टिप्पणी गरे ।
शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताए ।
‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ’ यादवले भने, ‘ संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न र अन्दोलन गर्न तयार छौं ।’
केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको आरोप लगाए । उनले सरकार पुर्ण रुपमा असफल भएको टिप्पणी समेत गरे ।
The post समाजवादी पार्टी आन्दोलनको गृहकार्यमा : अध्यक्ष यादव appeared first on Koshi Online.
मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित


