मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित

रत्ननगर । रत्ननगर ९ मोहना स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएका छन् ।

रतननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । वनको नयाँ नेतृत्वको लागि आईतवार उपभोक्ताहरुको टोल संयोजक र परिषद सदस्यहरुको लागि निवार्चन सम्पन्न भएको थियो ।

टोल संयोजक निर्वाचित भए सगै सोमबार वनको कार्यसमिति गठन प्रकृयम सुरु भएको थियो । जस्को उपाध्यक्षमा लेख बहादुर तमाङ,सचिवमा बाबुराम पौडेल,कोषाध्यक्षमा रामशरण कुवर निर्वाचित हुनु भएको छ । जस्को सदस्यहरुमा रामसिङ चौधरी,रविकुमार महतो,भिखु महतो, राजकुमार महतो,कुल प्रसाद सापकोटा र भरतराम महतो रहनु भएको नव निर्वाचित अध्यक्ष पौडेलले वताए ।

https://ujyaalonepalnews.com/archives/17623

Previous articleछ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ
Next articleनिकुन्जमा घुंगी टिपेको निहुँमा कुटीकुटी मान्छे मार्ने सैनिकलाई जन्मकैदको सजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।