काठमाडौं । वेलकम एडभरटाइजिङ एन्ड मार्केटिङ प्रालिको प्रांगणमा वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरी होली मनाएको छ । साथै, कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा यसपालि मास्क लगाएर होली मनाइएको हो । मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमिमा हराइरहेको धर्म–संस्कृतिलाई निरन्तरता दिन जोड दिए ।
उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष नीता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेका थिए । वेलकमका सञ्चालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै नेपालीलाई कोरोना भाइरसबाट डराउनुको साटो मास्क होली बनाउन सल्लाह दिए ।
The post ‘मास्कहोली’ मिस नेपाल नर्थ अमेरिकासँग appeared first on Rajdhani Daily News.
कोरोना भाईरसको नयाँ भेरियन्ट देखिए संगै साउदी सरकारले गर्यो यस्तो घोषणा




