कोरोना भाईरसको नयाँ भेरियन्ट देखिए संगै साउदी सरकारले गर्यो यस्तो घोषणा

उज्यालो नेपाल, २८ नोभेम्बर- कोरोना भाईरसको नयाँ भेरियन्ट देखा परे संगै साउदी अरेबिया सरकारले उच्च सतर्कता अपनाउने भएको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सम्भावित जोखिम कम गर्न साउदी सरकारले विभिन्न सात ओटा अफ्रिकन देशहरु बाट साउदी आउने हवाई यातायात बन्द गरेको हो । अफ्रिकन देशहरु मलावी, जाम्बिया, मेडागास्कर, अंगोला, सेशेल्स, मौरिसस र कोमोरोस गरी सात देशबाट आउने र जाने उडानहरू स्थगित गरिएको साउदी आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतले आइतबार घोषणा गरेको हो।

माथि उल्लेखित देश बाट साउदी आउन चाहने गैर-साउदी नागरिकहरुले ति देश बाहेक अन्य देशमा १४ दिन बिताएर कोरोना नभएको प्रमाण लिएर मात्र साउदी प्रवेश गर्न पाउने साउदी अधिकारीहरुले बताएका छन् । त्यस्तै प्रतिबन्धित देशमा रहेका साउदी नागरिकहरुले स्वदेश फर्कन चाहेमा फर्कन पाउने तर अनिवार्य रुपमा ५ दिन क्वारेन्टाइन बस्नपर्ने जनाईएको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ नयाँ भेरियन्टलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले अफ्रिकन देशहरु सँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/16469

Previous articleमुजुरा डान्स गर्नको लागी १२ जना नेपाली महिला विदेश पुराउने मानव तस्करलाई ३० वर्षको जेल सजाय
Next articleएमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।