Home Uncategorized कम अंक ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

कम अंक ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौँ। परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनले गतसाता कक्षा ६ र ७ कक्षाका विद्यार्थीहरुको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुका भनाइअनुसार उनले त्यहीबेला परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीहरको हात चिरिदिने चेतावनी दिइकी थिइन् ।

कक्षा परीक्षाको पुलमाक्र्स २० र पासमाक्र्स ८ तोकिएको थियो । परीक्षमा राम्रो नम्बर नल्याएको भन्दै उनले विहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हात आफै चिर्न निर्देशन दिएकी थिइन् ।

निर्देशन नमाने आफै चिरिदिने धम्की दिएपछि विद्यार्थीहरुले आफ्नो हात आफै चिरेका पीडित विद्यार्थीहरुले बताएकाछन् । । कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।

The post कम अंक ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ appeared first on Rajdhani Daily News.

पूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित

Previous articleकिन फैलियो बजारमा सामान अभाव हुने हल्ला ?
Next articleवीर गणेशमान सिंह १० किलोमीटर रोड रेस : सन्तोषी र गोपी विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।