इटहरीमा ग्याँस सिलिन्डर र मास्क अभाव

इटहरी । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण इटहरीमा खाना पकाउँने ग्याँस सिलिन्डर र मास्कको अभाव भएको सर्वसाधारणको गुनासो बढ्दो छ । यहि क्रममा सर्वसाधारणको मागलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ ।

इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा वजार अनुगमन गरिएको हो । सात वटा ग्याँस डिलरको अनुगमन गर्दा २ वटामा ग्याँस सकिएको, एउटामा पसल वाहिर खाली तर भित्र भरिएका सिलिण्डर राखेको र अरु चार वटामा वेचविखन भइरहेको अनुमगन टोलीले जनाएको छ । डिलरहरुको माग अनुसार उद्योगले नै ग्याँस नपठाउने गरेको व्यापारीहरुले गुनासो समेत गरेका छन् । उपभोक्ताहरुले संचित गरेर राख्न एक भन्दा धेरै ग्याँस सिलिण्डर लिन थालेपछि पनि अभाव जस्तो देखिएको व्यापारीको भनाई रहेको छ ।

त्यस्तै, तीन वटा औषधी पसल अनुगमन गर्दा मास्कको अभाव देखिएको छ । तीनवटै औषधी पसलमा पूर्ण रुपमा मास्क नरहेको अनुगमन टोलीले जनाएको छ ।

उपमेयर लक्ष्मी गौतमले कोरोनाबाट बच्नका लागि उपमहानगर आफैँले मास्क वितरण गर्ने भन्ने बिषयमा पनि छलफल गरेको बताईन् । उपमहानगरले वजार अनुगमनलाई तीब्रता दिने उनको भनाई रहेको थियो ।

The post इटहरीमा ग्याँस सिलिन्डर र मास्क अभाव appeared first on Rajdhani Daily News.

भगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर

Previous articleसिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा
Next articleकोरोना प्रकोपः चिकित्सकहरुको सुझाव मानेनन् ट्रम्पले, छाडेनन् हात मिलाउन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।