भगिनी सम्बन्धमा जोडिए दुई महालक्ष्मी नगर

काठमाडौं– प्रदेश नम्बर १ को धनकुटास्थित महालक्ष्मी नगरपालिका र बागमती प्रदेशको ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुवै नगरपालिकाले पहिलोपटक भगिनी सम्बन्ध स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यासहरू आदानप्रदान गर्ने जस्ता विषयवस्तुहरू उल्लेख गरिएको छ ।

महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, नगर उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमाम नगरप्रमुखद्वय श्रेष्ठ र नेपालले भगिनी सम्बन्ध सम्झौताले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतका विषयहरूमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18500

Previous articleसमृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
Next articleसमृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।