Home Uncategorized वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

२१ वैशाख, वीरगञ्ज । बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत छन् । संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् ।

अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिएका छन् ।

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

रत्ननगरमा अर्को सवारी दुर्घटनामा, ट्रकमा स्कार्पियो ठोकियो

Previous articleभारत संगको सिमा झन् कडा हुने; सीमा नजिकै सेनाको गस्ती खटाउने सरकारको तयारी
Next articleसाइप्रसमा च’क्कु प्र’हार गरेर नेपाली द्वारा नेपालीको ह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।