नेकपा केन्द्रीय कमिटि बैठक : समूहगत प्रतिवेदन प्रस्तुत

काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा समूहगत प्रतिवेदन प्रस्तुत भएको छ । जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम शुरु भएको छ ।

प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम गर्न थालेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार समूह २ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरिसकेका छन् ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ ।

प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वाग्मती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईको प्रतिवेदन पेश भएको छ । रासस

The post नेकपा केन्द्रीय कमिटि बैठक : समूहगत प्रतिवेदन प्रस्तुत appeared first on Koshi Online.

शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

Previous article‘एक नम्बर प्रदेशको नामाकरण आगामी अधिवेशनले टुङ्ग्याउँछ’
Next articleओलीको यती मोह कोरना भाइसर भन्दा खतरनाक ! यस्ता छन् कारण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।