शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु

0
29

शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठक्रबाट मृत्यु भएको छ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्कर कालिञ्चोक गाउँपालिका ९ का पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

थामीले शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थिए। सोही क्रममा उनलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ

Previous articleभोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि स्टेजमै जुत्ता प्रहार
Next articleतौलेश्वर महादेवस्थित शिवलिङ्गमा भक्तालुको घुइँचो