Home Blog Page 86

अर्किड स्कुलले मनायो १३ औ वार्षिकोत्सव ।

फाल्गुण ४ चितवन ।भरतपुर-१०, चितवन स्थित अर्किड स्कुलको ‘१३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न भएको छ ।

स्कुलका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको सभापतित्वमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी प्रमुख अतिथि, भरतपुर महानगरका नगर उप-प्रमुख चित्रसेन अधिकारी, राष्ट्रीय भूमि आयोगका अध्यक्ष बद्री तिमल्सिना, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल बिशिष्ट अतिथि र अतिथिहरुमा मेट्रो प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, शिक्षक-अभिभावक सङ्घका अध्यक्ष कृष्णहरि पन्डित रहेका थिए।

स्कुलका प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा सह-प्राचार्य पुरुषोत्तम दुवाडीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षक, अभिभावक अनि बिद्यार्थीहरुको रचनाको सङगालो ‘सुनगाभा’को अङ्क ७ को समेत लोकार्पण गरिएको थियो।

औपचारिक कार्यक्रममा अर्किड स्कुलमा अध्ययनरत बिद्यार्थीका दुई जना ज्येष्ठ अभिभावकहरु मोतिदेवि उपाध्याय र यदुनाथ खनाललाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

स्कुल प्राङगणमा बिज्ञान प्रदर्शनी, हस्तकला प्रदर्शनी समेत आयोजना गरिएको थियो। स्काउट ट्रुपको मार्च पास, तेक्वान्दो प्रदर्शनी समेत गरिएको थियो। अनौपचारिक कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुले साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

विप्लप समूह भन्छ “पिठुवा खानेपानीको निर्वाचन नरोके जे पनि हुन सक्छ

रत्ननगर । विप्लप नेतृत्वकाे नेकपा माओबादीले पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाे निर्वाचन खारेज गर्न माग गरेकाे छ ।

संस्थाकाे कार्यसमिति र लेखा समिति चयनका लागि फागुन ६ गते निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादीकाे चार दलीय गठबन्धनकाे एउटा समूह तथा नेकपा एमाले र माओवादी निकट उपभाेक्ताहरुले अर्काे समुह बनाएर अध्यक्ष सहित पदाधिकारी,सदस्य र लेखा संयाेजक तथा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

साे पार्टीकाे रत्ननगर नगर कमिटीका सेक्रेटरी अर्जुन सि., इन्चार्ज शारदा सि.ले विज्ञप्ती जारी गरी निर्बाचन खारेज गर्न माग गरेकाे हाे । ६ गते हुने निर्वाचन नियमसंगत नभएकाे र विभिन्न पदमा उम्मेदबारी दिएका उम्मेदवारहरु सक्षम नभएकाे कारण देखाउदै साे पार्टीले निर्वाचन खारेज गर्न माग गरेकाे हाे ।

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारी अनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् ।

२०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । त्यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

माधवपुरको विन्देश्वरी आधारभूत विद्यालयमा सरस्वती मन्दिर उद्घाटन

उज्यालो नेपाल- श्रीपंचमी तथा सरस्वती पुजाको अवसरमा रत्ननगरको वडा नं. १५ मा रहेको विन्देश्वरी आधारभूत विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । विद्यालय परिसरमा निर्माण गरिएको मन्दिरको वडाध्यक्ष आशिक तामाङ र मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । मन्दिरको वैद्धिक विधि अनुसार मन्त्र पाठ गरि सरस्वतीको मूर्तिलाई प्राणप्रतिष्ठा गरिएको थियो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष तामाङले, “विद्यालय आफैँ एक पवित्र मन्दिर” रहेको उल्लेख गर्दै विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण हुँदा सुनमा सुगन्ध थपिएको विचार व्यक्त गरे । निर्माण गरिएको मन्दिरले संस्कार र संस्कृति जोगाउन उल्लेख्य भूमिका खेल्ने उनको भनाई छ ।

मन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको निजि लगानीमा निर्माण गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कट्टेलले विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्न पाउनु आफु र आफ्नो परिवारको लागी  खुसीको कुरा रहेको बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक हरि खनालले झन्डै ३५ वर्ष अगाडी स्थापना भएको विद्यालयमा सरस्वतीको मन्दिर नहुँदा निकै अभाव खड्किएको महसुस भएको बताए । मन्दिर निर्माणकर्ता कट्टेल परिवार प्रति धन्यवाद ज्ञापन गर्दै खनालले सरस्वती पुजाकै दिन मन्दिर उद्घाटन गर्न पाउँदा विद्यालय परिवार हर्षित भएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका छात्र-छात्राहरूले सरस्वती पूजा गर्नुको साथै स-साना बालबालिकाहरूलाई अक्षराम्भ पनि गराइएको थियो । सो अवसरमा रत्ननगर १५ कै अन्नपुर्ण भजन समूहबाट भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरु शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक डिल्लीराम भट्टराईले संचालन गरेका थिए ।

संकटमा एनआईसी एसिया बैंक ५० शाखा बन्द हुने, सेयर भाउ निरन्तर ओरालो

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकमाथि कारबाहीको गरेको छ। बैंकमाथिको अध्ययन अन्तिम चरणमा पुगेकाले कारबाहीको तयारी भएको केन्द्रीय बैंक स्रोतले जानकारी दिएको छ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले एनआईसी एसिया बैंकको वित्तीय अवस्थाबारे अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानको अन्तिम प्रतिवेदन गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेपछि एनआईसी एसिया बैंकमाथि कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने स्रोतको भनाइ छ।

एनआईसी एसिया बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरणमाथि राष्ट्र बैंकको अध्ययन करिब सकिएको छ ।

स्रोतका अनुसार केन्द्रीय बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ।

‘एनआईसी एसिया बैंकले राष्ट्र बैंकले तोकेका धेरै प्यारामिटरहरू नाघेको स्थिति छ। अब उसलाई कस्तो कारबाही गर्ने भन्ने मात्रै निर्णय हुन बाँकी हो।’ – स्रोतले नेपाल समाचारपत्रलाई भन्यो।

स्रोतका अनुसार बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपियाँको फर्जी कर्जा देखाएको छ । बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको छ।

जबकि, आवासीय कर्जामा अधिकतम २५ प्रतिशत प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकको छ। स्रोतका अनुसार एनआईसी एसिया बैंकले करिब ३२ अर्ब कर्जाको जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष पुगेको देखाएको छ।

बैंकले असोज र पुसको वित्तीय विवरणमा ऋणको जोखिमभार मिलाउन ‘क्रेडिट रिस्क’ कम देखाउने गरी वासेल प्रतिवेदनमा तोडमोड गरेको पाइएको हो ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात एउटा महिनामा पनि नपुगेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने भएकाले लाभांशकै लागि वासेल रिपोर्ट तोडमोड गरिएको स्रोतको दाबी छ। यसअघि पनि दुई आर्थिक वर्षसम्म एनआईसी एसियाले लगानीकर्तालाई लाभांश दिन सकेको थिएन ।

बैंकिङ सुशासनमा कमजोर मानिए पनि ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेर आक्रामक बजार विस्तारमा एनआईसी एसिया लागेको थियो । बैंकिङ सुशासन, बैकिङ प्रणालीभन्दा पनि साहुकारीताको व्यवहार गर्न थालेपछि ठूला र व्यावसायिक समूहले एनआईसीसँगको कारोबारलाई अन्यत्र सार्दै गएका छन् ।

शुरूमा देशभर र ठाउँ ठाउँमा शाखा खोलेर आफ्नो उपस्थिति बलियो देखाए पनि बैंकिङ सुशासन कमजोर हुँदा सञ्चालन खर्च उच्च भएकाले भएका शाखा र कर्मचारीको भार थेग्न बैंकलाई हम्मे हम्मे परेको बताइएको छ।

शाखा संख्याअनुसार व्यापार नभएपछि करिब ५० वटा शाखा र एक्सटेन्सन काउन्टर बन्द गर्ने तयारीमा बैंक लागेको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। बन्द हुने शाखामा केही काठमाडौं उपत्यकाभित्रका र केही ग्रामीण क्षेत्रका रहेका छन् ।

केन्द्रीय बैंकले स्वीकृति दिएसँगै एनआईसी एसियाका देशभरका चार दर्जन काउन्टर एकैपटक बन्द हुनेछन् । हाल ७७ वटै जिल्लामा बैंकले ३ सय ६० वटा शाखा १ सय १० वटा एक्सटेन्सन काउन्टर, ६१ वटा शाखारहित काउन्टर र ६ सय ४५ वटा एटीएम रहेका छन् ।

यसैबीच बैंकमा देखिएको किचलो र बैंकिङ सुशासन नहुँदा बैंकमा लामो समयदेखि कार्यरत रहेका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। यद्यपि, पाण्डेको राजीनामा सञ्चालक समितिले अझै स्वीकृत नगरेको स्रोतको भनाइ छ।

यस विषयमा बैंकका सीईओ रोशन न्यौपाने र बैंकका सूचना अधिकारी अर्जुन खनियाँसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि सफल भएन।

एनआईसी एसिया बैंक प्रकरण सार्वजनिक भएपछि बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ भने पछिल्लो दुई दिनमा सेयर मूल्यमा पनि दोहोर अंकले गिरावट आएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ !

साैराहा फुड फेष्टिबलमा नृत्य प्रतियाेगिता : एन्जर्ल्स वर्ल्ड प्रथम 

रत्ननगर । साैराहामा जारी फुड फेष्टिबल अन्तर्गत साेमबार विद्यालय स्तरीय नृत्य प्रतियाेगिता गरिएकाे छ । फेष्टिबलकाे आयाेजक संस्था रेवान साैराहाले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताकाे पहिचानकाे लागि नृत्य प्रतियाेगिता गरिएकाे रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले बताए ।

प्रतियाेगितमा एन्जर्ल्स वर्ल्ड आमावि प्रथम,शिक्षा विकास बाेडिङ स्कुल द्धितीय र हिमालयन ईङ्लिस बाेडिङ स्कुल तृतीय भएका थिए । प्रतियाेगितामा १२ वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

प्रतियाेगिताकाे निर्णायकमा माला दाहाल, सुनिल रिमाल र सविना तामाङ रहेका थिए । प्रतियाेगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यालयका टिमलाई रेवानका अध्यक्ष ध्रुव गिरी, कार्यक्रम संयाेजक सुर्यबहादुर रिमालले पुरस्कार वितरण गरेका थिए ।

प्रणय दिबसकाे अबसरमा रेवान साैराहाले १८ औं संस्करणकाे फुड फेष्टिवल गरिएकाे हाे । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे गिरीले बताए ।

खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

पिठुवा खानेपानीको अध्यक्षमा दुई जनाको उम्मेदवारी

निराजन घिमिरे- रत्ननगरको पिठुवामा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा दूईजनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदको लागी रत्ननगर १४ का पुर्ववडाध्यक्ष हरिकुमार श्रेष्ठ र संस्थाकै निवर्तमान सचिव वाशुदेव शर्मा लामिछानेको उम्मेदवारी परेको हो ।

निर्वाचन समिति संयोजक दीपकप्रकाश सिवाकोटीका अनुसार समितिको मुख्य पदहरुमा दुईदुई जनाको मात्र उम्मेदवारी परेको छ । संस्थाको उपाध्यक्ष पदको लागी गोकर्ण बहादुर श्रेष्ठ र तुलबहादुर रायमाझीको उम्मेदवारी परेको छ ।

त्यस्तै सचिव पदको लागी मदन भुजेल र रुपेश तिवारी भिड्ने भएका छन् । सहसचिव पदको लागी भने निर्मला बस्ताकोटी र विमला न्यौपानेको उम्मेदवारी परेको छ । यसै गरी कोषाध्यक्षमा गीता भण्डारी र विमला पाण्डे बन्जारा भिड्ने भएका छन् ।

यस्तै वडा नं १४ को वडा संयोजकका लागी कृष्णप्रसाद खनाल र निधनाथ अर्याल, वडा नं. १५ को वडा संयोजकको लागी झलक लामिछाने र बाबुराम ढकाल र वडा नं. १६ को वडा संयोजक पदको लागी डिल्लीप्रसाद गौतम र वुद्धिमान गुरुङ्गको उम्मेदवारी परेको छ ।

उता लेखा समिति संयोजकको लागी गौतमबाबु अर्याल र प्रल्हाद अर्याल भिड्ने भएका छन् । निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज सोमबार उम्मेदवारी दर्ताको काम सम्पन्न भएको हो । अब फाल्गुन १ गते उम्मेदवार विरुद्ध दावीविरोध पेश गर्न सकिनेछ ।

संस्थाको तेश्रो अधिवेशनको उद्घाटन समारोहमा दलहरुले सहमतीमा नयाँ समिति बनाउने बताएका थिए । निर्वाचन समितिले सहमतीको लागी दिएको समयसीमामा सहमती नजुटेपछी निर्वाचन हुनेभएको हो । निर्वाचनमा दलहरु गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा जाने भएका छन् ।

खानेपानी संस्थाको नेतृत्व हत्याउन एमाले र माओवादी एकापट्टी जुटेका छन् भने अर्को पट्टी नेपाली कांग्रेसको नेतृत्वमा अन्य साना तिन दल एकठाउँमा उभिएका छन् । नेपाली काँग्रेसको संग मिलेर चुनाव लड़ने दलहरुमा राप्रपा, रास्वपा र एकिकृत समाजवादी छन् ।

गत माघ १३ गते सम्पन्न संस्थाको तेश्रो अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि सांसद हरि ढकालले आफ्नो दलले कुनै पदको दावी नगर्ने बताएका थिए । उनले दलीय हिसाबले आफ्नो पार्टीबाट कोहि व्यक्ति कुनै संस्थाको पदाधिकारी बन्न नजाने बताए पनि अन्तत: रास्वपा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा मुछिएको हो ।

नेतृत्व चयनका लागि तीन वटा वडाबाट २२३ जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् । वडा भेला बाट दलीय हिसाबले बाँडफाँड गरि २२३ जना परिषद् सदस्य निर्वाचित गरिएको हो । निर्वाचित हुनेहरुमा नेपाली कांग्रेस बाट ५४ जना, एमाले बाट ५४ जना, माओवादी बाट ४० जना, राप्रपा बाट १७ जना, रास्वपा बाट २९ जना र ए. समाजवादी बाट २९ जना छन् ।

दलहरु बीच भएको गठबन्धनलाई नियाल्ने हो भने एमाले- माओवादी कित्तामा ९४ जना र कांग्रेस नेतृत्वको समुहमा १२९ जना परिषद सदस्य छन् । यहि फाल्गुन ६ गते संस्थाको नयाँ नेतृत्वको लागी निर्वाचन हुँदैछ ।

यो पनि पढ्नुहोस्: पिठुवा खानेपानीमा जुटेन सहमति; निर्वाचन तालिका सार्वजनिक

 

 

रत्ननगर १५ मा ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण

उज्यालो नेपाल- सुत्केरी तथा गर्भवती आमाहरुलाई कुखुराको भाले वितरण गरेर चर्चामा आएको रत्ननगरको वडा नं. १५ कार्यालयले ज्येष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडाको वार्षिक कार्यक्रम अनुसार वडामा बसोबास गर्ने ७० वर्ष भन्दा माथिका २६९ जना ज्येष्ठ नागरिकहरुलाई सामाग्री वितरण गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा अश्वगन्धा चुर्ण, मालिस गर्ने तेल, च्यावनप्रास लगायतका सामाग्री छन्।

कार्यक्रमलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको सहयोग रहेको थियो। वितरण गरिएका अश्वगन्धा चुर्ण, मालिस गर्ने तेल आयुर्वेद स्वास्थ्य केन्द्र बाट उपलब्ध गराईएको केन्द्र कि कार्यालय प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिईन् ।

सो अवसरमा आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा १२९ जना ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो । यस्तै कार्यक्रममा कुपोषणको शिकार भएका ५ जना सुत्केरी तथा एकजना क्षयरोग पिडितलाई पोषण सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा दुई जना ज्येष्ठ नागरिक तथा विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागी भई सिंगो देश र वडाकै नाम राख्न सफल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिक तर्फ ९५ वर्षिय जमानसिङ लो र ९४ वर्षिया छलिमाया घलान छन् । यस्तै खेलाडी तर्फ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फेंन्सीङ खेलका कास्यपदक विजेता राजेन्द्र गजुरेल र हालै थाईल्याण्डमा सम्पन्न छैंग मै ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२४ मा स्वर्ण पदक विजेता बन्न सफल सन्देश बस्ताकोटी छन् ।

कार्यक्रमको उद्देश्य बारे संक्षिप्त मन्तव्य राख्दै वडाध्यक्ष आशिक तामाङले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति गम्भीर भई आयुर्वेद स्वास्थ्य केन्द्र संगको सहकार्य र समन्वयमा औषधीजन्य पदार्थ वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर प्रमुख डा. कोपिला अधिकारी, ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगर १५ का अध्यक्ष तेजप्रसाद न्यौपाने, अन्य जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

 

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् ।

साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई उद्योगकाे मान्यता र पर्यटन बाेर्डकाे कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेकाे बताए ।

उनले राज्य साैराहाप्रति जिम्मेवार नभएकाे बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामाे समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासकाे खाडल बढ्दै गएकाे बताए ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले मुलुककाे तेस्राे पर्यटकीय नगरी साैराहा निकुञ्ज ऐनकाे चपेटामा परेकाे बताए ।

 

रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगकाे मान्यता दिन सरकारसंग माग गरे ।

क्षेत्रीय हाेटल संघ साैराहाका अध्यक्ष गंगा गिरीले साैराहाकाे पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेकाे भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएकाे जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयाेजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राख्दै फेस्टिबलकाे उद्देश्यका वारेका थिए ।

बसबार्क जाने सडकको दक्षित तर्फको खाली जमिनमा सुरु भएकाे फेस्टिबल फागुन तीन गते सम्म चल्ने रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

। सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे गिरीले बताए ।

खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

फेस्टिबलमा विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहेकाेे छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयाेजक रामकुमार गुराैले जानकारी दिए ।

फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहने छन् । फेस्टिबल उद्घाटन पूर्व विहान साैराहामा भब्य शाेभायात्रा निकालिएकाे थियाे ।

रेवानका अध्यक्ष ध्रुव गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तब्य राखेका थिए ।

१८औं सौराहा फूड फेस्टिबल केहि बेरमा सुरु हुँदै : सांसद हरि ढकालले उद्घाटन गर्ने

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आज आइतबारबाट १८औं सौराहा फूड फेस्टिबल सुरु हुँदैछ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसबार्क जाने सडकको दक्षिण तर्फको खाली जमिनमा फेस्टिबल हुँदैछ ।

फेष्टिवलकाे साँसद हरि ढकालले उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ । फेस्टिवल उद्घाटन पूर्व विहान सौराहामा शोभायात्रा निकालिनेछ । बछौलीचोकबाट सुरु भएको शोभायात्राले सौराहा परिक्रमा गर्ने छ ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको फेस्टिबका संयोजक सुर्यबहादुर रिमालले बताए ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनले जानकारी दिए ।

पाँच दिन सम्म चल्ने फेस्टिबलमा बहु जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहने छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका महासचिव नविन नेपालले जानाकारी दिए ।

फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहने छन् ।