Home Blog Page 87

रोकिराखेको ट्रक सँग बस ठोकिँदा चितवनमा २० जना घाईते

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

पिठुवा खानेपानीमा जुटेन सहमति; निर्वाचन तालिका सार्वजनिक

निराजन घिमिरे। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति गठन प्रक्रिया लागी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले सहमतिको लागी दिएको समयसीमामा दलहरु बिच सहमति नजुटेपछि निर्वाचन तालिका सार्वजनिक गरिएको हो।

गत माघ १३ गते सम्पन्न खानेपानीको तेस्रो अधिवेशनको उद्घाटन समारोहमा क्रियाशील सबै ६ दलका नेताहरुले सहमतिको वातावरण निर्माण गर्ने जनाएका थिए।

भाषणमा सहमतिको रटान रट्ने तर व्यवहारमा अडान नछोड्ने दलहरुको पुरानै प्रवृत्तिको कारण नयाँ समिति गठनको लागि निर्वाचन नै गर्नुपर्ने अवस्था आएको हो।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आगामी फाल्गुन छ गते निर्वाचन हुनेछ। नेतृत्व चयनका लागि तीन वटा वडाबाट २२३ जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् ।

अधिवेशनको बन्दसत्रले दीपक सिवाकोटीको संयोजकत्वमा निर्वाचन समिति घोषणा गरी प्रक्रिया अगाडि बढाएको थियो ।

रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का स्थानीयलाई खानेपानी उपलब्ध गराउदै आएको सो  संस्था २०६७ सालमा स्थापना भएको हो।

हाल सो संस्थाको ४ हजार ५२२ जना उपभोक्ता रहेका छन् । संस्थाले एक बर्षमा एक करोड ८८ लाख १८ हजार रुपैया आम्दानी गरेको थियो ।

सौराहा फुड फेस्टिबल : खाना, संगित र संस्कृतिको समिश्रण

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ ।

सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउछन् ।

सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य हो । विकास हुँदै गएको सौराहाका व्यवसायीहरुले पर्यटक भित्र्याउन यहाँ दुई महत्वपूर्ण कार्यक्रम बार्षिक रुपमा गर्दै आएका छन् ।

क्षेत्रीय होटल संघ चितवनले हात्ती तथा पर्यटन महोत्सव र रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनले सांस्कृति फुड फेस्टिबल आयोजना गर्दै आएको छ ।

सौराहा आउने पर्यटकहरु हात्ती सफारीसंगै यहाँको परम्परागत आदिबासी समुदायको खाना, संगित र संस्कृतिसंग रमाउने गरेका छन् । यतिबेला सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सफारीको अलबा स्थानीय खाना र संस्कृतिसंग रमाउने बाताबरणको तयारीमा व्यवसायीहरु छन् ।

हात्ती सफारीसंगै पर्यटकहरु आदिबासी समुदायको खाना, संस्कृति र नेपालीमा चल्ने संगितहरु सुन्न मन पराउछन रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले भने खाना, संगित र संस्कृति मार्फत सौराहामा पर्यटक भित्र्याउदै छौं ।

पाँच दिन सम्म चल्ने फुड फेस्टिबलमा पर्यटकका लागि परम्परागत खाना परिसरमै उपलब्ध गराइने छ । पर्यटकलाई खानाको स्वादसंगै गीतसंगितसंग रमाउने बाताबरण तयार गर्दै छौं उनले भने फेस्टिबल परिसरको अलवा सौराहाको मुख्य बजारहरुमा विभिन्न जातजातीका झाँकी प्रस्तुत गरिने छ ।

फेस्टिबल परिसरमा खाना तथा गीतसंगित चलिरहदा सौराहाको बजार क्षेत्रमा दैनिक रुपमा लोभलाग्दा झाँकीहरु प्रस्तुत हुनेछन् । सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा यसपटकको फेस्टिकलको मुख्य आर्कषण हो ।

फेस्टिबलको संस्कृति कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् ।

यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ । फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले जानकारी दिए ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

सौराहामा २७ र २८ गते थारु कलाकार मञ्चको महाधिवेशन

रत्ननगर । राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ । मञ्चले यही माघ माघ २७ र २८ गते सौराहामा महाधिवेशन गर्न लागेका हो । मञ्चले विहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो । महाधिवेनमा नयाँ नेतृत्व चयनसंगै थारु समुदायको परम्परागत संस्कृति तथा खानाको संरक्षणको लागि बहस गरिने छ ।

महाधिवेनमा २६ जिल्लाका १३० जना प्रतिनिधि र २६ जना परिवेक्षकको भाग लिनेछन् । महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न जिल्लाबाट सौराहा आउने छन् । महाधिवेशनमा नयाँ नेतृत्व चयनसंगै थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई प्रवद्र्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए ।

पाँच वर्षअघि गठन भएको मञ्चले थारु कलाकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षामा क्रियाशिल रहेको उनले बताए । मञ्चले थारु भाषा, कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीको भनाई छ ।

अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोकनाच, लोकगीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क¥या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् । थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए ।

लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए । अधिवेशनमा मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसैगरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु आनदीको भात, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।

थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पूर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रत्गैंयाले जानकारी दिए । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए । नेपालमा ७७० जना थारु समुदायका कलाकारहरु रहेको अनुमान रहेको छ ।

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले समझदारी पत्रमा हस्ताक्षर गरे ।

दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जानकारी गराए ।
दुई स्थानिय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन् ।

माडीसँग एक दमै सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा एवम् अपेक्षा गरेको प्रमुख दाहालले बताईन्  । माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीलाई सहयोग गर्ने गरी विभिन्न समनताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको प्रष्ट पारिन् ।

छोटो समयमा तदारुपताका साथ भएको सम्झौता अनुसार कार्यन्वनमा पनि सबैको साथ र सहयोगको अपेक्षा लिएको उनले बताईन् । त्यस्तै माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध ५ वर्षमात्र नभइ सधै सधै अगाडि बढोस् भन्ने चाहाना राखेको बताईन् । यो भगिनी सम्बन्ध माडी नगरपालिकाको लागि पहिलो सम्झौता भएकाले ऐतिहासिक विषय बनेको जानकारी दिईन् ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडीएका स्थानिय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सिमा छुट्टाएको छ । यी स्थानिय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका बिकास निर्माण तथा सेवा मुलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिईएको दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताईन् । उनले माडी र भरतपुरको बिकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने बताईएको छ ।

दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती बिकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समझदारी पत्रमा उल्लेख छ । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमु्ख चित्रसेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर महागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले मन्तव्य राखेका थिए।

पिठुवामा आयोजित स्वास्थ्य शिविरमा तीनसय बढी महिलाको चेकजाँच

उज्यालो नेपाल- रत्ननगरको पिठुवामा आयोजित महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने शिविरमा ३२५ जना महिला लाभान्वित भएका छन् । रत्ननगरको वडा नं. १४ मा रहेको पिठुवा साना किसान कृषि सहकारी संस्थाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

पिठुवाकै जनजागृति माध्यमिक विद्यालय प्रांगणमा विहिवार सम्पन्न शिविरमा पाठेघर सम्बन्धी चेकजाँच भिआइए सेवा, आङ खस्ने समस्या,सेतो पानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्ने, पिसाब चुहिने, फिस्टुला, सुगर, प्रेसर सम्बन्धी रोगहरुको चेकजाँच, उपचार सेवा तथा निशुल्क औषधी वितरण गरिएको हो ।

 

रिप्पल नेपाल तथा कोसानको सहयोगमा आयोजित कार्यक्रममा पुरानो मेडिकल कलेज भरतपुरका महिला रोग विशेषज्ञ द्वय डा. परिक्षा श्रेष्ठ र डा. सविता श्रेष्ठ सहितको १५ जनाको टोलीबाट महिलाहरुको चेकजाँच तथा उपचार गरिएको हो ।

चेकजाँच गराएका मध्ये सात जना महिलाहरुको पाठेघरको अप्रेसनको लागी पुरानो मेडिकल कलेज पठाईने भएको छ । उनीहरुको उपचारको लागी अस्पतालमा लाग्ने सम्पूर्ण खर्च समेत रिप्पल नेपाल र कोसानाले व्यहोर्ने रिप्पल नेपाल रनपा १४ संयोजक प्रेमबहादुर भट्टले जानकरी दिए ।

शिविरको एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष होमनाथ रानाभाटले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा संस्थाकी अध्यक्ष विष्णु भण्डारी कट्टेलले शिविर आयोजनाको उदेश्य तथा औचित्य बारे प्रकाश पारेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै कट्टेलले, “नेपाली महिलाहरु लाज र विभिन्न कारणले रोग लुकाउन बाध्य भईरहेको भन्दै अन्तिम अवस्थामा मात्र अस्पताल जाने प्रवृतिको अन्त्य गर्न यस्ता शिविर महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा वडाध्यक्षहरु होमनाथ रानाभाट, आशिक तामाङ, वडा सदस्यहरु धिरेन्द्र प्रसाद घिमिरे, सानु भण्डारी बस्‍नेत, लिला देवी पोख्रेल, रुक माया परियार, पुर्व वडाध्यक्ष तथा सल्लाहकार समिति संयोजक हरिकुमार श्रेष्ठ,  प्रधानाध्यापक नरेन्द्रकुमार श्रेठ, कोसान निर्देशक नसिबकृष्ण बस्नेत, रिप्पल नेपाल वडा संयोजक प्रेमबहादुर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई कार्यक्रम संयोजक रिता नेपालले स्वागत् गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव अरुणा कट्टेलले गरेकी थिइन् ।

गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन ओली सरकारको निर्णय बदर

सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ ।

गिरीबन्धु टी स्टेटलाई तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।

उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारती समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

मन्त्रिपरिषद्को उक्त निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ग लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाहीसमेत बदर गरिदिएको हो ।

सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२९ग० लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाही समेत बदर हुने ठहर्छ ।’

कालिकामा नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन हुँदै

चितवन । चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । नायब सुब्बा, पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने नगरपालिकाले जनाएको छ ।

इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात फागुन ३ गतेभित्र आफ्नो वडा कार्यलयबाट सिफारिससहित सहभागी हुन निवेदन दिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा पौडेलले बताए ।

नगरपालिकाभित्र स्थायीरुपमा बसोवास गरेका दलित, जनजाती, सिमान्तकृत, आर्थिक, सामाजिकरुपले बिपन्न तथा लोकसेवा पढन इच्छुक योग्यता पुगेका व्यक्तिलाई निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने पौडेल जानकारी दिए ।

सौराहा फुड फेस्टिबलमा को को आउदैछन कलाकार ! (नामावली सहित)

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलमा सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा सहित राष्ट्रिय स्तरका कलाकार र चर्चित व्याण्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना हुने फेस्टिबलको संस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरुको प्रस्तुती तथा विभिन्न खानाका परिकारहरुसंग रमाउने बाताबरण यहाँका व्यवसायीहरुले तयार गरिरहेका छन् ।

यस बर्ष फेस्टिबलमा सिन्धुलीको कर्ने मगर बाजा ल्याइदैछ । याक्सिस व्याण्ड सहित द न्याटिभ व्याण्ड र नोटेसन व्याण्डको पनि प्रस्तुती रहने छ ।

पाँच फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिबलमा मेलिना राई, मिलन रेवार, रामेशराज भट्टराई, साहिमा श्रेष्ठ, खेम सेन्चुरी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, आर्जुन सापकोटा, प्रिती आले, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, शान्तिश्री परियार र चर्चित हास्य कलाकार पूर्खे बा को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक तथा रेवान सौराहाका महाुसचिव नवीन नेपालले जानकारी दिए ।

प्रणय दिबसको अबसरमा आयोजित सौराहा फूड फेस्टिबलमा सोही दिन याक्सिस व्याण्ड सहित खेम सेन्चुरी, रमेशराज भट्टराई, सम्झना भण्डारी र पूर्खे बा को प्रस्तुती रहने छ ।

फेस्टिवलमा स्थानीय कलाकार सहित रत्ननगर कला मन्दिरको समेत प्रस्तुती रहने छ । यस पटक फेस्टिबलको स्थान परिर्वतन गरी बसपार्क जाने सडकको उत्तरतर्फको खाली जमिनमा गरिदै छ ।

फेस्टिबललाई भव्य बनाउन व्यवसायीहरुले बछौलीचोक देखि सौराहा सम्मको क्षेत्रलाई सिंगारेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

खाना, संगित र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोड्ने योजना रहेको गिरीले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

खाना अड्किएर कालिकामा एकजनाको ज्यान गयो

उज्यालो नेपाल- चितवनको कालिकामा खाना अड्किएर एजकनाको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा कालिका वडा नं. छ शान्तीटोल बस्ने वर्ष ६८ को आईतराम कुमाल छन् ।

सोमबार साँझ सवा ७ बजेको समयमा आफ्नै घरमा खाना खाईरहेका कुमाल खाना अड्किएर बेहोस भएका थिए ।

बेहोस भएका कुमाललाई उपचारको लागी तत्कालै भरतपुर अस्पताल पुर्याईएकोमा झन्डै राती पौने नौ बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।