धादिङको सिद्धलेकमा एक किसानले पालेका १७ वटा बाख्रा दश मिनेटको अन्तरालमा मरे

धादिङ- सिद्धलेक गाउँपालिकास्थित वडा नम्वर-७ भैसेमा एक किसानले पालेको १७ वटा बाख्रा दश मिनेटको अन्तरालमा मरेका छन् । भैसे निवासी किसान रेशम श्रेष्ठको बाख्रा चरनबाट घर फर्काएपछी घरको आँगामा पानी खुवाई बाख्राहरुलाई खोरमा थुन्न लाग्दा अस्वाभाविक लक्षण देखा परेपछि ती बाख्राहरु मरेका हुन् ।

आज बिहान ११ बजे चरणबाट चराएर घर ल्याएर पानी खान दिएको र पानी खाना साथ फिँज निकाल्दै बाख्रा मरेको स्थानीय रकिम अन्सारीले जानकारी दिनुभयो । रेशमको ३८ बाख्रामध्ये १७ वटा मरेको हो भने अन्य बाख्रालाई भने केहि भएको छैन ।

पानी खान नपाएका बाख्राहरु भने केही नभएको अन्सारीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशु विज्ञ केन्द्र तथा भेटनरी अस्पतालबाट प्रविधिकहरुको टोली सो स्थानमा पुगिसकेको छ । बाख्रा मर्नुको कारण अझै खुलेको छैन, थप अनुसन्धान भईरहेको प्राविधिकहरुको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/28045

Previous articleनयाँ बसपार्कबाट सञ्चालन हुन थाले लामो तथा मध्यम दूरीका माइक्रोबस
Next articleगाउँपालिकाद्वारा अगरबत्ती उत्पादन सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।