पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन

0
2

अछाम, ७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले बुधबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।

नेता बडूले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।’

यस्तै उनले भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताए ।

उनले न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भयो भने ।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।

नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको छ भने ।

काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए । रासस

The post पूर्वमन्त्री बडूको आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन appeared first on Koshi Online.

यी हुन ओली सरकारले चितवनमा पारेका बजेटका क्षेत्र

Previous articleगुण्डागर्दीमा संलग्न पासलाल पक्राउ
Next articleसाक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोख्रेल