पोखरामा खसआर्य संग्रहालय

पोखरामा खसआर्य संग्राहलय बन्ने भएको छ। क्षेत्री समाजले पोखराको नयाँबजारमा सो संग्रहालय बनाउन लागेको हो। संग्रहालयको विहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे।

संग्रहालय बनाउन गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको छ। करिब ७ करोडको लागतमा संग्रहालय बन्ने निर्माण समितिका संयोजक प्रेमबहादुर जिसीले जानकारी दिए। खसआर्यको कला, संस्कृति, पुरातात्विक बस्तुहरुलाई देशैभरबाट संकलन गरि संग्रहालयमा राखिने उनले बताए।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आदिवासी भन्ने होडको पछि नलाग्न र सबै जातजातिको सम्मान गर्नुपर्नेमा जोड दिए। प्रदेश सभा सांसद कुमार थापाले जातीय सद्भाव कायम गर्न यो संग्रहालय महत्वपूर्ण हुने बताए। अर्का सांसद कृष्ण थापाले सबैको सहभागितामा संग्रहालय बन्ने बताए। सांसद विन्दुकुमार थापाले विकास निर्माणको लागि पार्टीभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले प्रसंग निकाले। पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले संग्रहालय निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

अन्ततः उपचारका क्रममा सायराको मृत्यु

Previous articleप्रहरी महानिरीक्षकको पहिलो निर्देशनः आक्रामकरुपमा प्रस्तुत हुनु
Next articleसशस्त्र प्रहरीद्वारा अवैध सामानसहित मोटरसाइकल बरामद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।