वीरगन्ज । गएको फागुन ४ गते आइतबार बिहान आगो ताप्दा जलेर सख्त घाइते सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५,की सायरा आफैले बालेको आगोको घुर ताप्ने क्रममा जलेरसख्त घाइते भएकी थिइन् । उनको आर्थिक अभावका कारण समयमा उपचार हुँन नसक्दा मृत्यु भएको छ ।
एम्बुलेन्स खर्चदेखि सबै खर्च चन्दा संकलन गर्दै बल्ल काठमाण्डौको किर्तिपुरमा रहेको अस्पतालमा उपचार गराइ रहेको समयमा आज उनको मृत्यु भएको सायराका श्रीमान रजाक मियाले बताए । सायराको गएको फागुन ४ गते बिहान आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरिरको धेरै भाग जलेको थियो उनले भने । आर्थिक अभावका कारण घाइते श्रीमतीलाई दुईघण्टा सम्म पनि अस्पताल लान सकिन स्थानीय ताराचन्द पण्डितको सहायताले ढिलो गरी वीरगन्जको नारायणी अस्पतालसम्म पु¥याएको थियो ।
यहाँ उपचार हुन नसकेपछि सायरालाई स्थानीय दाताहरुको सहयोगमा अर्को दिन काठमाण्डौको किर्तिपुरमा उपचार गर्न ल्याएको थियो उनले भने । सायरा चार बर्षदेखि बिरामी पनि थिइन । त्यसैले जिउमा सल्केको आगो निभाउन र भाग्न पनि सकिन मियाले थपे ।
The post अन्ततः उपचारका क्रममा सायराको मृत्यु appeared first on Rajdhani Daily News.
चितवनको विकास: ९५ वर्षीया दृष्टिविहीन वृद्धाको घरको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप


