बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ ,श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले बिप्लब समुहका ब्युरो सदस्य धनुषाको धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर निवासी ३४ वर्षीय साहलाई बुधबार राति पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

धम्काएर व्यक्तिसँग चन्दा मागिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको उनको भनाई छ । पक्राउ परेका साह केही महिनाअघि प्रहरी निरीक्षक अमिरी दाहालसहित ३ जनाको मृत्यु हुने गरि धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाका योजनाकार समेत रहेको प्रहरीको भनाई छ ।

घटना लग्तै फरार रहेका साह सप्तरीमा बिभिन्न जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग चन्दा उठाउँदै आएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषामा साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दत्र्ता रहेको पत्राचार भएपछि कार्वाहीका लागि साहलाई धनुषा पठाइएको डिएपी भारतीले जनाकारी दिए ।

The post बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ appeared first on Rajdhani Daily News.

अमूल्य निधि : योगी नरहरिनाथ

Previous articleगजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा
Next articleविद्यालयलाई जागिर खाने थलो नबनाउ : मन्त्री पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।