काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा गर्ने भनिएको संबोधन भोलिसम्मका लागि सरेको छ ।
राष्ट्रियसभाका सदस्यको निधन भएको कारण प्रधानमन्त्री ओलीले आज गर्न लागेको सम्बोधन भोलिसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण २ बजे प्रतिनिधिसभामा संबोधन गर्ने कार्यक्रम स्थगित भएको जनाए ।
उनले फेसबुकमा लेखेका छन्, ‘‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधिसभामा संबोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको छ । सम्बोधन भोलि ३ गते बिहान ११ बजे हुनेछ ।’
The post प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि ११ बजे हुने appeared first on Koshi Online.
बामदेवलाई प्रधानमन्त्री बनाउने विषय फिर्ता भैसक्यो : डा. भट्टराई


