पहिरनका कारण ट्रोल बनेकी नुसरतले दिईन् ट्रोलर्सलाई कडा जवाफ

काठमाडौँ / आफूले लगाएको सेक्सी पहिरनको कारण ट्रोल बनेकी भारतीय नायिका नुसरत भरुचाले ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् ।

सन् २००६ मा ‘जय सन्तोषी माँ’ फिल्मबाट डेब्यु गरेकी नायिका नुसरतले पहिरनको कारण आफ्नो औधी ट्रोल भएपछी उनले जवाफ फर्काउँदै भनेकी छिन्,

‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ । ’

‘जब मैले त्यो पहिरन लगाएँ तब म निकै आत्मविश्वासी थिएँ त्यसकारण मैले त्यो पहिरनलाई कन्फिडेन्सका साथ क्यारी गर्न सकेँ ।’

उनले थपिन्, ‘यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए म त्यो लगाउँदै लगाउँदैनथेँ । मेरा साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेका थिए ।’

‘यहाँसम्म कि इन्डष्ट्रिकै मानिसहरुले मलाई आफूहरुले पनि त्यस्तो पहिरन लगाउन चाहेको तर कहिले पनि लगाउन नसकेको बताए । मैले उक्त ड्रेस लगाउन सकेँ, जुन राम्रो कुरा हो,’ उनले भनिन् ।

साथै उनले भनिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै नकारात्मक कमेन्टले न त कुनै फरक पर्छ न नै यसले चिन्तित नै बनाएको छ । ’

The post पहिरनका कारण ट्रोल बनेकी नुसरतले दिईन् ट्रोलर्सलाई कडा जवाफ appeared first on Purbeli News.

महिला लिग चैत ३ देखि, खेल्ने स्थान टुङ्गो लाग्न बाँकी

Previous articleखेलाडी संघलाई वार्षिक एक लाख सहयोग गर्ने कुमार कार्कीको घोषणा
Next articleप्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि ११ बजे हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।