फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

रसुवा- रसुवाको गोसाँईकुण्ड गाँउपालिका-२ टिमुरेले फोहर ब्यवस्थापन गर्न सुरु गरेको छ । कुहिने र नकुहिने फोहोर बर्गीकरण गरी गाँउमा निस्कने फोहोरको ब्यबस्थापन सुरु गरेको हो ।

कुहिने फोहोरलाई घरमै कम्पोस्ट मल निमार्ण गरी करेसाबारी तथा खेतबारीमा प्रयोग गर्ने ब्यवस्था मिलाईएको छ । नकुहिने फोहोर मात्र वडा कार्यालयले संकलन गरी ब्यबस्थापनको थालनी गरेको वडाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।

फोहर ब्यबस्थापनका लागि निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनले वडा कार्यालयलाई ट्रयाक्टर खरिद गरिदिए सँगै फोहर उठाउन सुरु गरि सकिएको छ । ल्याण्डफिल साइड कार्यालयले निर्माण गरिसकेको छ ।

नेपाल र चीनको अन्तराष्ट्रिय नाका यस क्षेत्रमा भएसंगै टिमुरे क्षेत्र क्रमिक रुपमा बजार बिकास हुन थालेकोपछि फोहर ब्यबस्थापन थालिएको हो । भान्साबाट निस्किने ६० प्रतिशत भन्दा बढी फोहोर कुहिने हुँदा कम्पोस्ट मल बनाउन आग्रह गर्दै वडा कार्यालयले नकुहिने फोहरलाई ब्यबस्थापन गर्न वडाबासी समक्ष आग्रह समेत गरेको छ ।

https://ujyaalonepalnews.com/archives/29502

Previous articleलायन्स क्लव अफ रत्ननगर पञ्चकन्याकाे पद हस्तान्तरण
Next articleयस वर्ष मेची भन्सारबाट झण्डै साढे तीन अर्ब रुपैयाँ बराबरको चिया निर्यात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।