अवैध रुपमा सीमा पार गर्न खोज्ने तीन हजार बढी मेक्सिकोको जेलमा

मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ।

ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए। मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ।

यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए।

तर पनि मेक्सिकन सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको शुक्रबार जानकारी दिएको छ। रासस/एएफपी

नायक अनमोल केसी बिरुद्ध ठगी मुद्धा दर्ता

Previous articleसाहित्यकार चुमरेलाई श्रष्टा सम्मान
Next articleघर फर्कन वुहान एयरपोर्टमा भेला भए नेपालीहरु(फोटो/भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।