साहित्यकार चुमरेलाई श्रष्टा सम्मान

३ फागुन, काठमाडौं । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (ईञ्जा)ले वरिष्ठ साहित्यकार प्रा. चुडामणी रेग्मी (चुमरे)लाई यसवर्षको ईञ्जा श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ८३ वर्षीय चुमरेलाई एक हजार अमेरिकी डलर राशीको उक्त सम्मान प्रदान गर्न लागेको ईञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहालले जानकारी दिए ।

यस्तै, ईञ्जले. सामुदायिक पत्रकारिता पुरस्कार अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ । ढुंगानाले छाउपडी र सिंहले कुपोषणको बारेमा समाचार लेखेका थिए । यो पुरस्कारको राशी एक हजार डलर छ ।

सम्मान र पुरस्कार १ मार्चमा काठमाडौंमा वितरण गरिने उपाध्यक्ष दाहालले जानकारी दिए ।

भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान

Previous articleगणित विषयमा सामुदायिक विद्यालय कमजोर
Next articleअवैध रुपमा सीमा पार गर्न खोज्ने तीन हजार बढी मेक्सिकोको जेलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।