काठमाडौं । मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मिलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने उपविजेताले ट्रफी सहित १० हजार मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता मलेशियाको जोहोर राज्यको एरेना मुत्यारा जोहोर ल्याण्ड खेल मैदानमा हुनेछ ।
https://ujyaalonepalnews.com/archives/30067


