मलेसियामा २० हजार रिंगेट पुरस्कार राशीको जोहोर कप फुटबल प्रतियोगिता हुँदै

काठमाडौं । मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मिलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने उपविजेताले ट्रफी सहित १० हजार मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता मलेशियाको जोहोर राज्यको एरेना मुत्यारा जोहोर ल्याण्ड खेल मैदानमा हुनेछ ।

 

https://ujyaalonepalnews.com/archives/30067

Previous articleसदनको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने माओवादी संसदीय दलको निर्णय
Next articleनेविसङ्घ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।