रत्न प्रिय क्लवकाे वार्षिकोत्सवमा साउन २७ गते रक्तदान कार्यक्रम हुदै

रत्ननगर, साउन २४ । पूर्वी चितवनको रत्ननगरमा यही साउन २७ गते रक्तदान कार्यक्रम गरिने भएको छ ।

रत्न प्रिय क्लवको प्रथम वार्षिकोत्सवको अवसरमा रत्ननगर- १ सौराहा चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो । क्लवको आयोजना तथा रत्ननगर- ९ वडा कार्यालयको सह-आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रत्न प्रिय क्लवका अध्यक्ष वसन्त राना मगरले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको जानकारी दिए । रक्तदान कार्यक्रम बिहान ७ बजेखि सुरु हुने उनले बताए ।

https://ujyaalonepalnews.com/archives/30153

Previous articleपाकिस्तानी संसद विघटन गरी अन्तरिम सरकार गठनको तयारी
Next articleरास्वपाको आयोजनामा रत्ननगरमा रक्तदान कार्यक्रम हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।