उज्यालो नेपाल- राष्ट्रिय स्वतन्त्र पार्टी रत्ननगरको आयोजनामा ‘खुल्ला रक्तदान कार्यक्रम’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टीले यहि श्रावण २६ गते शुक्रवार कार्यक्रमको आयोजना गरेको हो ।
‘मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले’ रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा नगर सचिव रामशरण भट्टराईले जानकारी दिए ।

कार्यक्रम रत्ननगर १ सौराहाचोकमा बिहान ७ बजेदेखि हुनेछ ।
https://ujyaalonepalnews.com/archives/30156


