रत्ननगर, साउन २४ । पूर्वी चितवनको रत्ननगरमा यही साउन २७ गते रक्तदान कार्यक्रम गरिने भएको छ ।
रत्न प्रिय क्लवको प्रथम वार्षिकोत्सवको अवसरमा रत्ननगर- १ सौराहा चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो । क्लवको आयोजना तथा रत्ननगर- ९ वडा कार्यालयको सह-आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रत्न प्रिय क्लवका अध्यक्ष वसन्त राना मगरले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रम गर्न लागिएको जानकारी दिए । रक्तदान कार्यक्रम बिहान ७ बजेखि सुरु हुने उनले बताए ।
https://ujyaalonepalnews.com/archives/30153


