महानगर र कपनका स्थानीयबीच विवाद, पुनः नापजाँच गरेर काम अघि बढाउन सहमत

काठमाडौं- कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौं महानगरले पुनः नापजाँच गर्ने भएको छ ।

अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयनमा पुन नापजाँच गर्न महानगर सहमत भएको हो ।

विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो । छलफलपछि सो क्षेत्रमा पुन नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

कपनमा खहरे खोला अतिक्रमण गर्दा बर्षामा बाढि आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो ।

महानगरेको टोली आएपछि स्थानीयहरुले विरोध गर्दै नारावाजी गरेका थिए । केही स्थानीयहरुले भने बर्षेनी हुने डुवानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए ।

https://ujyaalonepalnews.com/archives/30191

Previous articleप्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी
Next articleभैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।