सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक सर्‍यो

सिरहा- सिरहाको धनगढीमाई नगरपालिका १४, अम्बासमा भोलि (शनिबार) गते हुने भनिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएपनि मौसम खराबीका कारण बैठक सरेको हो ।

आउँदो १३ गतेका लागि बैठकको मिति तय गरिएको पोलिटब्युरो सदस्य एवं सांसद लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । अम्बासमा तत्कालीन मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि १४ सम्म आयोजना भएको थियो ।

सोही महाधिवेशनबाट मदन भण्डारी पार्टी महासचिव पनि चुनिनु भएको थियो । एमालेले त्यसबेला महाधिवेशन भएकै घरमा केन्द्रीय सचिवालयको बैठक आयोजना गर्न लागेको छ ।

https://ujyaalonepalnews.com/archives/30715

Previous articleसुशासन,आर्थिक विकासका लागि कांग्रेस र एमाले मिल्नुपर्छ-ओली  
Next articleएक वर्षको अवधिमा नौ सय पुस्तक पढेर चकित पार्ने आठ वर्षीया बालिका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।