सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण गर्ने समूहलाई ज्यान मार्ने उद्योग मुद्दा

सिन्धुपाल्चोकस्थित तिपेनी प्रहरी चौकी आक्रमण गर्नेहरूलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाएको छ।

मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा गत शुक्रबार मध्यराति एक समूहले अन्धाधुन्ध ढुंगामुढा गरेको थियो। आक्रमणमा परी प्रहरी चौकीका इन्चार्जसहित २ प्रहरी घाइते भएका थिए।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामचन्द्र अधिकारीका अनुसार चौकी आक्रमणमा संलग्नमध्ये अहिलेसम्म तीन जनालाई पक्राउ गरिएको छ।

उनका अनुसार घटनामा संलग्न सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका वडा नम्बर ९ का तीन जना ३८ वर्षीय सोमबारहदुर तामाङ, २५ वर्षीय अजय लामा र ३० वर्षीय लोकेन्द्र लामालाई पक्राउ गरिएकाे हाे।

‘उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ,’ उनले भने, ‘अझै ७ जना फरार छन्।’

उनका अनुसार पक्राउ परेका ३ जनासमेत गरेर घटनामा संलग्न १० जनाको नाम पहिचान भइसकेको छ। अब ७ जना पक्राउ पर्न बाँकी छ।

‘उनीहरूको व्यापक खोजी गरिरहेका छौं,’ उनले भने, ‘अहिले नै नाम सार्वजनिक नगरौं, किनकि ती भाग्न सक्छन्।’

कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ

Previous articleझापाका रबर किसानहरू द्वारा रबर बोर्ड गठन गर्न माग
Next articleसरकारले विकासको गतिलाई तीव्र बनाएको छ : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।