नेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन

काठमाडाैं ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएकाे छन् । उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको बताएका छन्।

उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन्। उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन्।

टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि दाबी गरेका छन्।

https://ujyaalonepalnews.com/archives/30839

Previous articleगृहमन्त्रीज्यू, सुन तस्कर दावाको नेपाली नागरिकता कहिले रद्ध हुन्छ ?
Next articleस्याङ्जामा अरिङ्गालको टोकाईवाट एक जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।