स्याङ्जामा अरिङ्गालको टोकाईवाट एक जनाको मृत्यु

स्याङ्जा- स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भयको छ ।

मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिब ६०/७० वटा अरिङ्गाल टोक्दा घाईते भएका थिए ।

स्थानियको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भृको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

अरिङ्गाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको स्थानियले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका स्याङजाका प्रहरी नायव उपरिक्षक रबिन्द् खनालले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/30842

Previous articleनेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन
Next articleएमाले सचिवालय बैठक आजबाट सुरु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।