१५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ

लहान । लहानमा प्रहरीले १९ तोला ९७ लाल सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार सादा पोसाकको प्रहरी टोलीले मंगलबार बिहान लहान नगरपालिका वडा नम्बर -१९,  स्थिति छर्रापट्टि चोकबाट दुई सय ३३ ग्राम (उन्नाइस तोला ९७ लाल) सुनसहित स्थानीय २४ वर्षिय मोहम मोतिवुल रहमान र २१ वर्षिय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले को ३८ प २६३२ नम्बरको मोटरसाइकलमा लहान आउँदै गरेका रहमान र मुर्तुजालाई छर्रापट्टि चोकमा रोकेर चेकजाँच गर्दा सुन फेला परेपछि सुन र मोटरसाइकल
सहित पक्राउ गरिएको हो ।

चेकजाँचको क्रममा चार वटा चेप्टो टुक्रा बनाई लुकाएर ल्याउँदै गरेको सुन प्रचलित बजार मूल्य अनुसार १५ लाख ५८ हजार रुपैयाँ रहेको एसपी चतुर्बेदीले बताए । प्रहरीले सुन र मोटरसाइकलसमेत गरी १६ लाख आठ हजार ७९ रुपैयाँ मूल्य कायम गरी कारबाहीका लागि ठाढी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

The post १५ लाख भन्दा बढीको सुन सहित दुई युवा पक्राउ appeared first on Rajdhani Daily News.

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या! किन लुकेर बसिरहेका छन् कोरोना लागेका भारतिय नागरिक ?

Previous articleकोरियामा रहेका नेपालीले आफन्तलाई भनेः नआत्तिनुहोस, हामीलाई केहि भएको छैन , घर फर्किनुपर्ने वाध्यात्मक अवस्था छैन
Next articleदक्षिण कोरियामा कोरोना भाइरस : ४६ हजार नेपाली हालसम्म सुरक्षित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।