उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन

उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षको ७ महिनामा ५८ लाख २४ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार आठ सय २४ सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक र त्यसपछि ट्रक तथा टिफर चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी माघ महिनामा २ हजार ५० सवारी कारबाहीमा परेकाबाट १३ लाख ७० हजार राजश्व उठेको छ । यसैगरी सवैभन्दा कम साउनमा १ हजार १ सय ५० सवारी कारबाहीमा परेकाबाट ७ लाख ३० हजार राजस्व संकलन भएको छ । ३ हजार ७ सय ४४ मोटर साइकल चालक कारबाहीमा परेको छ । मोटर साइकल चालक कारबाही वापत २४ लाख ८१ हजार पाँच सय राजश्व उठेको छ । यस्तै २ हजार ३ सय ४७ ट्रक तथा टिफर कारबाही वापत १६ लाख २८ हजार पाँच सय राजश्व संकलन भएको छ । १ हजार १ सय ७ अन्य सवारी साधन कार, भेन, अटो रिक्सा कारबाही वापत ७ लाख २ हजार राजश्व उठेको छ । यस्तै ९ सय ७४ ट्रयाक्टर कारबाही वापत ६ लाख ३३ हजार पाँच सय रुपैया राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ६ सय ५२ बस कारबाही वापत ३ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख चौधरी भने, ‘हामीले कसैलाई कारबाही गर्नु नै पर्ने भनेर डिउटीमा गगएको हुँदैनौं तर, चालक आफैले आफैलाई कारबाही गरेको हो । चालकलाई जनचेतना तथा ट्राफिक नियमका कार्यक्रम दिनदिनै गरिरहेका छौं, एक दिन गर्यो अर्को दिन विर्सिने बानीले धेरै कारबाहीमा परेको हो ।’ उनका अनुसार चालकले एक पल्ट दुई पल्ट माफ पाउँछ तर, त्यही गल्ती बारम्बार गरेको हुनाले कारबाही प्रक्रिया अगाडी बढाएको बताए ।

The post उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन appeared first on Purbeli News.

चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध

Previous articleचौथो इन्द्रदह उत्सव नजिकिँदै गर्दा ईन्द्रदह परिसरमा बृहत् सरसफाइ
Next articleकिन गए उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।