चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध

काठमाडौंमा हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यस वर्षको संस्करणमा खेल्नका लागि चितवन टाइगर्सले न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरलाई अनुबन्ध गरेको छ।

चितवन टाइगर्सले उनीसँग गरिएको अनुबन्ध आइतबार घोषणा गरेको हो।

‘नेपाल पुग्न र ईपीएलमा चितवन टाइगर्सलाई प्रतिनिधित्व गर्नका लागि व्यग्र छु। आउनुहोस् हामीलाई साथ दिनुहोस् र च्याम्पियनको रुपमा गर्जनुहोस्,’ अनुबन्धपछि जेम्स् फुलरले भनेका छन्।

चैत १ देखि काठमाडाैंमा सुरु हुने ईपीएल चैत १५ सम्म जारी रहनेछ।

युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

Previous articleविमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो, कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको जाँच गरिने
Next articleकतारमा पनि कोरोना : सतर्कता अपनाउन आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।