आरआर क्याम्पसमा विद्यार्थी समूहबीच झडप

उपत्यकाको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा दुई विद्यार्थी समूहबीच झडप भएको छ। सोमबार बिहानै भएको झडपमा केही विद्यार्थी घाइते भए पनि सांगठनिक झडप नभएको विद्यार्थी नेताहरुले बताएका छन्।

नेविसंघले आफ्नो समूहका आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि आक्रमण भएको जनाएको छ। घटनालगत्तै प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।

पिकनिकको विषयमा झगडा भएको बताइएको छ। केही विद्यार्थी घाइते समेत भएकोमा मोडेल अस्पतालमा उपचारपछि फर्किएका छन्।

रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

Previous articleनेपालले जलविद्युतमा लगानी भित्र्याउन पहल गर्नु पर्छ : युएइका ऊर्जामन्त्री
Next articleजनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।