Home Uncategorized जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ

जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा सोमबार विहान अन्दाजी ३५ वर्षीया महिलामाथि बलात्कार भएको हो।

बलात्कार आरोपमा प्रहरीले घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

बलात्कृत भएकी महिला कहाँकी हुन् भन्ने अहिलेसम्म नखुलेको र घटनामा अन्यको संलग्नता रहेको वा नरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

Previous articleआरआर क्याम्पसमा विद्यार्थी समूहबीच झडप
Next articleकस्मिरका पत्रकार इटा भट्टामा काम गर्न बाध्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।