सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं- सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत विभिन्न ५ घटक संस्थाको शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा वार्ता भएको राहत शिक्षक केन्द्रिय संघर्ष समितिले जानकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/31822

Previous articleराजनैतिक स्थिरताका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यकः अध्यक्ष ओली
Next articleभाेली देखि चैनपुरमा राष्ट्रिय स्तरकाे फुटबल प्रतियाेगिता सुरु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।