बेवारिसे महिलाको अस्पतालबाट उद्धार

0
62

झापा / झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा बेवारिसे अवस्थामा रहेकी महिलाको आज मानव अधिकारकर्मीहरुले उद्धार गरेका छन् । उहाँलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालय मातहत रहेको बेसहाराको आश्रयस्थल इटहरीस्थित माया संरक्षण घरमा राख्ने गरी अस्पताल प्रशासनले सामाजिक अभियन्ता र पत्रकारहरुको उपस्थितिमा मानव अधिकारकर्मीलाई जिम्मा लगाएको छ ।

गत कात्तिक ३० गते बिरामी अवस्थामा काँकडभिट्टा प्रहरीले मेचीनगरबाट उद्धार गरी अस्पतालमा भर्ना गराइएकी ती महिलाका आफन्त खोजी गर्दा पत्ता लागेको थिएन । अन्दाजी ४५ वर्षीया उहाँलाई मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दीपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारीलगायतको पहलमा माया घर इटहरीको संरक्षण पठाइएको हो ।

अस्पतालका प्रमुख डा पिताम्बर ठाकुरले उद्धारका लागि आएकी माया घरकी सचिव अर्पणा राईलाई महिला रहेको क्याबिनमा जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभएको थियो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्नसमेत नसक्ने ती महिला आफ्नो नाम डिकी तामाङ भएको बताउनुभयो ।

The post बेवारिसे महिलाको अस्पतालबाट उद्धार appeared first on Purbeli News.

यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज

Previous articleओली–प्रचण्ड तनावबीच जनार्दन शर्माले मुख खोले, यस्तो गरे खुलासा
Next articleदुई जनालाई इँटा भट्टामा हालेका आलम पुगे जेल, खुलेआम पाँच हजार जना मारेको बताउने प्रचण्डलाई के ?