इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णय

काठमाडौं- सत्तारुढ गठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित आज बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको प्रधानमन्त्री स्वकीय सचिव रमेश मल्लले जानकारी दिनु भयो ।

कोशी प्रदेशमा माओवादीका दलका नेता आङ्बोलाई अघि सार्ने औपचारिक निर्णय गरेको गठबन्धनसँग ४७ सांसद रहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिनु भएको छ ।

https://ujyaalonepalnews.com/archives/32250

Previous articleजुम्लाको तातोपानी गाउँपालिकाले वडा-वडामै पुगेर योजना सम्झौता गर्दै
Next articleदक्ष श्रमिकलाई जर्मनीले रोजगारीको अवसर दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।