कांग्रेसको छवि धूमिल भएकामा नेता कोइराला चिन्तित

धादिङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाउनुभएको छ ।

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताउनुभयो ।

बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/32932

Previous articleनितिगत अस्पष्टताको कारणले खेलाडि पुरस्कृत गर्न सकिएनः खेलकुद मन्त्री लिम्बू
Next articleचीनले जाजरकोट भूकम्प पीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।