चीनले जाजरकोट भूकम्प पीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने

काठमाडौं- चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा सो रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/32933

Previous articleकांग्रेसको छवि धूमिल भएकामा नेता कोइराला चिन्तित
Next articleटि-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।