विदेशमै र;क्सी कारखाना चलाउने दुई नेपाली पक्राउ, ४८ ड्रम र’क्सी र पे’स्तोल बरामद
कुवेत । कुवेतमा अ’वैध म’दिरा कारखाना सञ्चालन गर्दै आएका दुई नेपाली पक्राउ परेका छन्। कुवतेको गृह मन्त्रालयलाई गराइएको जानकारीअनुसार सुलैबिया क्षेत्रको एक घरमा २४ वर्ष र २७ वर्षका दुई नेपालीले म’दिरा कारखाना सञ्चालन गर्दै आएका थिए। त्यसलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। सो म’दिरा कारखाना सञ्चालनमा कुवेतको औषधि नियन्त्रण विभागमा कार्यरत एक ५४ वर्षीय सैनिकको हात रहेको समेत बताइएको छ।

गृहमन्त्रालयले त्यहाँ छापा मार्ने क्रममा चो’री गरिएका हुन सक्ने २६ वटा भेडा, एक थान पे’स्तोल, ४ थान क्लिप, १०० थान गो’ली, ४८ ब्यारेल भरिएको स्वदेशी म’दिरा, ८ थान आयातित मदि’राका बोतल, कार्टुन, झोला,म’दिरा उत्पादन गर्न प्रयोग हुने सामग्री बरामद भएको छ । त्यस्तै, बो’क्सीविद्या (टुना’मुना) गर्न प्रयोग हुने श’ङ्कास्पद उपकरण पनि फेला परेको बताइएको छ। पक्राउ गरिएका ती सबै अभियुक्तहरुको सन्दर्भमा थप अनुसन्धान भइरहेको बताइएको छ। प्रवासखबर डटकम मा खबर छ !
काठमाण्डौ–बहराइन सिधा उडानबारे छलफल
काठमाण्डौ – बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ ।
बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको बहराइनको लागि नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा अलबिनफलाहले वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने बताउनुभएको पनि दूतावासले जनाएको छ । बहराइन नेपालीहरुको श्रम गन्तव्य देश हो । अहिलेसम्म नेपालीहरुले दुबई अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर बहराइन गइरहेको अवस्था छ ।
https://ujyaalonepalnews.com/archives/16779


